सूचनाको शक्ति - The Power Of Information

        

यातायात व्यवस्था विभाग

लामाे दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत वृद्धि

कुन रुटमा कति भाडा पुगेकाे छ त ?

सरकारले लामो दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशत वृद्धि गरेकाे छ ।

सरकारले आज (आइतबार) देखि लागू हुनेगरि अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक यातायातकाे भाडा १५ प्रतिश वृद्धिगरेकाे हाे ।

यातायात व्यवस्था विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुबाहक सवारी साधनमा भने भाडा १० प्रतिशतले बढाएको जनाएकाे छ ।

पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको यातायानत व्यवस्था विभागले जनाएको छ ।

यात्रुबाहक तथा मालबाहकसहित पहाडी तथा तराई क्षेत्रका भूगोलअनुसार १० देखि १५ प्रतिशतसम्म भाडा बढाउने निर्णय भएको छ ।

पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउने निर्णय भएको हो । संघ सरकारले भाडा बढाएपछि प्रदेश सरकारहरुले पनि मध्यम र छोटो दूरीका सवारीको भाडा बढाउने छन्।

भौतिक पूर्वाधार तथा यायायात मन्त्रालयले अब पेट्रोलियम पदार्थमा न्यूनतम ५ प्रतिशत मूल्य घटबढ हुनासाथ गाडी भाडा समायोजन गर्ने निर्णय गरेकाे छ ।

कुन रुटमा कति भाडा पुगेकाे छ त ? (सूचीसहित) :

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार १७:११