सूचनाको शक्ति - The Power Of Information

        

गठबन्धलाई एमालेको डर, तीन पार्टीलाई कांग्रेसको भर

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको परिणाम आ–आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू गृहकार्यमा जुटेका छन् ।

स्थानीय तहको निर्वाचन सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका लागि प्रतिष्ठाको विषय बन्ने भएको छ ।

सत्ता गठबन्धनमा आबद्ध चार दलबीच स्थानीय तहको चुनावमा तालमेल गरेर अघि बढ्ने समझदारी भइसकेको छ । सत्ता गठबन्धनमा दलहरूबीच स्थानीय तह, प्रदेश र संघीय चुनावसम्म गठबन्धन गरेर अघि बढ्ने सैद्धान्तिक सहमति जुटेसँगै गठबन्धन निर्माणमा जुटेका छन् ।

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर अघि बढ्ने निर्णय गरेसँगै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी उत्साहित भएका छन् ।

गठबन्धन गर्नको लागि सत्तारुढ दलहरूबीच आन्तरिक गृहकार्य शुरू भएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा सत्ता गठबन्धनभित्र स्थानीय तहमा बाँडफाँट गरेर चुनावमा जाने तयारी शुरू भएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार ०८:५८