सूचनाको शक्ति - The Power Of Information

        

बझाङका १२ स्थानीय तहमा १८३ मतदान केन्द्र

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि बझाङमा कुल १८३ मतदान केन्द्र तोकिएका छन् । १२ स्थानीय तह रहेको बझाङमा २ नगरपालिका, १० गाउँपालिका रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिकाका कुल १४ हजार २९१ मतदाताले २० मतदान केन्द्रबाट आफूले चाहेको दलका उम्मेदवारलाई मतदान गर्ने छन् । बुंगल नगरपालिकाका कुल १९ हजार ५७६ मतदाताले २९ मतदान केन्द्रबाट मतदान गर्ने छन् ।

यसैगरी गाउँपालिकामा साइपाल गाउँपालिकाले ५ मतदान केन्द्रबाट १ हजार ४९९ मतदाताले मतदान गर्ने छन् । केदारस्युँ गाउँपलिकाकोे १६ मतदान केन्द्रबाट १२ हजार ५२ मतदाताले मतदान गर्ने छन् भने खप्तडछान्ना गाउँपालिकाको १६ मतदान केन्द्रबाट ११ हजार १३६ मतदाताले मतदान गर्ने छन् ।

त्यस्तै छविसपाथिभेरा गाउँपालिकाको १५ केन्द्रबाट १० हजार ३४३ मतदाताले मतदान गर्ने छन् । तलकोट गाउँपालिकामा १२ केन्द्रबाट ७ हजार ६०७ मतदाताले मतदान गर्ने छन् भने थलारा गाउँपालिकामा १८ केन्द्रबाट ११ हजार ३२५ मतदाताले मत हाल्ने छन् ।

त्यस्तै दुर्गाथली गाउँपालिकामा १३ केन्द्रबाट ९ हजार ३४ मतदाताले मत हत हाल्ने छन् भने मष्टा गाउँपालिकामा १४ केन्द्रबाट ८ हजार ९९४, वित्थडचिर गाउँपालिकामा १७ केन्द्रबाट १० हजार ९३८ ले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

कार्यालयका अनुसार सुर्मा गाउँपालिकामा ८ केन्द्रबाट ५ हजार ३४२ गरी जिल्लाभरी १ लाख २२ हजार १३७ मतदाताले मतदान गर्ने छन् । बझाङको बुंगल नगरपालिकामा सबैभन्दा बढी मतदाता छन् । सबैभन्दा कम मतदाता साइपाल गाउँपालिकामा रहेको निर्वाचन कार्यालयका प्रमुख विमलप्रसाद गौतमले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार ०८:५८