सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर भलिबल खेलाडीको ज्यान गयो

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ ।

गएराति परेको चट्याङका कारण भलिबल खेलाडी सिरिजंघा गाउपालिका वडा नं. २ आम्बेगुदिन लासाटोल निवासी २३ वर्षीय मुकेश भट्टराईको ज्यान गएको हो ।

राति करिब १० बजे तिर स्थानीय रनबहादुर चौहानको दुधडेरी अगाडि बसिरहेको अवस्थामा पानी संगै परेको चट्याङले लागेर र घाइते भएका भट्टराईलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा  पुर्‍याउना साथ  चिकित्सकले मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मुकेश जिल्लामा भलिबल प्रतियोगिताका अब्बल खेलाडीको रुपमा चिनिन्थे ।

प्रकाशित मिति : २० चैत्र २०७८, आइतवार ०८:५५