
तीन दिने भ्रमणका लागि शुक्रबार भारतको राजधानी दिल्ली उड्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा प्रधानमन्त्री शेरबहादुर देउवा, साथमा उहाँकी पत्नी आरजु राणा देउवालगायत । तस्वीर : शेखर चौलागाईं

शुभारम्भपछि भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म चल्ने रेल भारतको जयनगरदेखि नेपालको जनकपुर–कुर्थासम्म सञ्चालन उद्घाटनका लागि जयनगर रेल्वे स्टेसनमा सिङ्गारेर राखिएको रेल । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलको भर्चुअल रुपमा शनिबार उद्घाटन गर्नुभएको छ । तस्वीर : अजयकुमार साह । रासस

सङ्खुवासभाको चौकी बजार नजिकै ढकमक्क फुलेको लालीगुराँस । गुराँस फुल्न सुरु भएसँगै यहाँ पर्यटक आउने क्रम पनि बढेको छ । तस्वीर : भविन कार्की । रासस

प्रदूषणले ढाकिएको काठमाडौं उपत्यका । तस्वीर : सुजन गुरुङ

घोडेजात्राको अवसरमा शुक्रबार नेपाली सेनाद्वारा टुँडिखेलमा आयोजित कार्यक्रमा घोडाको विभिन्न कला (अश्वकला) प्रदर्शन गरिँदै । तस्वीर : रत्न श्रेष्ठ । रासस

ललितपुरको टीका भैरबाट देखिएको फाँट । यो फाँटमा आलु र जौ लगाइएको छ । तस्वीर : कविता थापा

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीसँग हैदरावाद हाउसमा भेटवार्ता हुँदै । तस्वीर : रोशन सापकोटा । रासस
सत्यपाटी । ।