सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत पाठ्यक्रम सम्बन्धी कार्यशाला सकियो

बाँकेमा एकीकृत पाठ्यक्रम सम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरिएको छ । प्याब्सन बाँकेको आयोजनामा भएको कार्यशालामा अहिले परिवर्तन भएको पाठ्यक्रमका बारेमा छलफल भएको थियो ।

कार्याशालामा प्रमुख अतिथि पूर्व केन्द्रिय प्राज्ञिक सल्लाहकार डाक्टर राजेश किशोर खनालले पाठ्यक्रम सम्बन्धी जानकारी लिन निकै जरुरी भएको बताए । उनले एकीकृत पाठ्यक्रमका बारेमा सबै प्रष्ट हुनुपर्ने बताउँदै परिवर्तित पाठ्यक्रमका बारेमा सरकारले पनि कुनै तालिम नदिएकाले यो महत्वपूर्ण कार्याशाला रहेको बताए ।

मुख्य प्रशिक्षक सिटिएफ नेपालका डाइरेक्टर बद्रीप्रसाद दाहालले यस कार्याशालाबाट नयाँ विषयमा जानकारी हुने र सम्पूर्णको सिकाई उपलब्धीमूलक हुने बताए । प्याब्सन नगर अध्यक्ष विकास बज्राचार्यले नयाँ पाठ्यक्रमका बारेमा रहेको अन्योलता हटेका बताए । उनले कार्यशाला निकै उपयोगी रहेको पनि बताए ।

प्याब्सन बाँकेका अध्यक्ष यम रावतको अध्यक्षतामा भएको कार्यशालामा तालिम संयोजक तथा प्याब्सन उपाध्यक्ष शरदचन्द्र रावलले स्वागत मन्तव्य राखेका थिए । तालिममा ६० बढी विद्यालयका ईन्चार्ज र प्रधानाध्यापकहरुको उपस्थिति थियो ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:२६