सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जायन्ट्सले चेन्नई सुपर किंग्सलाई हराएको छ ।

गएराति मुम्बईमा चेन्नइले दिएको एक सय ११ रनको विशाल लक्ष्य लखनउले ३ बल बाँकै छँदै चार विकेट गुमाएर भेट्टायो । उसका लागि क्विनटन डि ककले ६१, इभन लुइसले ५५ र केएल राहुलले ४० रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले रोविन उथापाको ५० तथा शिवम् दुवेको विष्फोटक ४९ रनको मद्दतमा एक सय १० रन बनाएको थियो ।

बलिङतर्फ लखनउका अभेस खाँन,एन्ड्रयु टाई र रवी विष्णोइले २/२ विकेट लिए । जितसँगै लखनउले २ अंक जोेडेको छ भने चेन्नई लगातार दोस्रो खेलमा पनि पराजित हुँदै अंकविहीन रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ०७:४२