सूचनाको शक्ति - The Power Of Information

        

सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने

 सत्ता गठबन्धन आबद्ध पाँच राजनीतिक दलले स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलको अवस्था बुझ्न प्रदेश, जिल्ला र स्थानीय तहमा संयुक्त संयन्त्र बनाउने निर्णय गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन आबद्ध दलहरूको बैठकले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको हो । बैठकले गठबन्धनबाहेकका दलसँग भने तालमेल नगर्ने निर्णय गरेको छ ।

गठबन्धन बैठकले प्रदेश, जिल्ला र स्थानीय तहसम्म नै तालमेल गर्ने विषयमा निर्णय गर्न स्थानीय तहसम्म नै पाँच दलीय संयन्त्र बनाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता एवं सरकारका सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘तालमेलका लागि प्रदेश, जिल्ला र पालिकास्तरीय समिति बनाउने सहमति भएको छ, त्यो समितिले २२ चैतभित्रमा प्रदेश, जिल्ला र स्थानीय तहमा गठबन्धनको अवस्था’दयगत प्रतिवेदन दिन्छ, सो प्रतिवेदनका आधारमा कहाँ कसरी तालमेल गर्ने भन्ने’दयगत निर्णय हुन्छ,’ सरकारका प्रवक्ता मन्त्री कार्कीले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।

गठबन्धन बैठकको सुरुमै प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तारूढ दलहरू मिलेर चुनावमा अघि बढ्ने प्रस्ताव राखेका थिए ।

सो प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतले सहमति जनाएका हुन् ।

सरकारको नेतृत्वकर्ता दल कांग्रेसले गत मंगलबार सम्पन्न केन्द्रीय समिति बैठकबाटै स्थानीय आवश्यकताका आधारमा सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ०७:३९