सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित घट्दै, पछिल्लो २४ घण्टामा २५जना संक्रमित

बिहिबार नेपालमा कोरोनाका २५ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका बिभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्न जिल्लाका गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न देशैभर गरेर ४ हजार ९ सय ५१ नमूना परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी बिहिबार ८९ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार ८१ जना संक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १७:३३