अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्कासहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले अध्यक्ष र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित उनीविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरेको हो ।
त्यस्तै, तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ रुपैयाँ, तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार ५०३० मागदावी गरिएको छ ।
गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफू अनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४-०७५ र २०७५-०७६ मा अनियमितता गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।
विद्युतीकरण गर्न उपकरण खरिद गर्दा ४ करोड २१ लाख ७ सय ६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ ।
सत्यपाटी । काठमाडौँ ।