सूचनाको शक्ति - The Power Of Information

        

यस पटकको विश्वकपमा प्रयोग हुने बल सार्वजनिक

सन् २०२२ मा कतारमा हुन लागेको फिफा विश्वकप फुटबलमा प्रयोग हुने बल सार्वजनिक गरिएको छ ।

आगामी नोभेम्बर २१ देखि १८ डिसेम्बरसम्म हुने विश्वकपमा प्रयोग हुने आधिकारिक बल आयोजक कतारले सार्वजनिक गरेको हो ।

एडिडास कम्पनिले बनाएको बलको नाम ‘अल रिहला’ राखिएको छ । जसको अरबी अर्थ ‘यात्रा’ हुन्छ ।

३२ टोलीको सहभागिता रहने यस पटकको संस्करणका लागि हालसम्म २७ राष्ट्र छनोट भईसकको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार ०८:०३