सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा ४० अंकको वृद्धि

 पछिल्ला दिन लगातार ओरालो लाग्दै आएको शेयर बजार आज (बुधबार) एकाएक दोहोरो अंकले सकारात्मक रहेकाे छ।

उतार चढावबीच बजार परिसूचक नेप्से ४० अंकले उकालो लागेर २५ सय ६८ पुग्यो । सबै समूहमा हरियाली छाउँदा कारोबार पनि मंगलबार को तुलनामा सामान्य सुधारिएर सवा दुई अर्ब पुग्यो ।

बीमा समूहमा सबै भन्दा उच्च २ सय अंक हाराहारीको बृद्धि आयो । विकास बैंक समूह पनि डेढ सय अंक बरारबरले उकालो लाग्यो । अरु पनि अधिकांश जसो समूह दोहोरो अंकले सकारात्मक रहेका छन ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय ३२ कम्पनीको ४५ लाख कित्ता शेयर २ अर्ब २५ करोडमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ७८ कम्पनीका लगानीकर्ताले कमाउँदा १३ काले गुमाएर भने ४ कम्पनीको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

यस दिन पनि इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा उच्च दरमा कमाएका छन।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार १७:४०