सूचनाको शक्ति - The Power Of Information

        

विमस्टेक शिखर सम्मेलन आजदेखि श्रीलंकामा सुरू हुँदै

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको प्रयास (बिमस्टेक) को पाँचौं शिखर सम्मेलन आज बुधबारदेखि श्रीलंकाको राजधानी कोलोम्बोमा सुरू हुँदैछ ।

सम्मेलनमा आयोजक श्रीलंका, बंगलादेश, भारत, भुटान, नेपाल, थाइल्यान्ड र म्यानमार सहभागी छन् । प्रधानमन्त्री देउवाले अहिले बिहान ९ बजे मन्त्रिपरिषदको कार्यालय सिंहदरबारबाट भर्चुअल सम्बोधन गर्न लाग्नु भएको हो ।

बिमस्टेक सम्मेलनमा सहभागी हुन परराष्ट्र मन्त्री डा. नारायण खड्का मंगलबार कोलोम्बो पुगिसक्नुभएको छ । सदस्य राष्ट्रका विदेशमन्त्रीहरु तथा अधिकारीहरु सहभागी सम्मेलनको अध्यक्षता श्रीलंकाका राष्ट्रपति गोटवाया राजापाक्षेले गर्नु हुनेछ ।

आयोजक बाहेक अन्य सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरुले भने सम्मेलनलाई भर्चुअल सम्बोधन गर्ने तय भएको छ । बिमस्टेकको चौथों शिखर सम्मेलन सन् २०१८ मा काठमाडौंमा भएको थियो ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ०८:३९