सूचनाको शक्ति - The Power Of Information

        

एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल

आईसीसीको एक दिवसीय वरीयतामा नेपाल दुई स्थान तल झरेको छ ।

नयाँ वरीयता अनुसार नेपाल १८ औं स्थानमा छ  । यसअघि नेपाल १६ औं स्थान रहेको थियो ।

पछिल्लो पटक नेपाल पपुवा न्युगिनी पीएनजीसँगको एकदिवसीय श्रृंखलामा हार ब्यहोरेको थियो । पीएनजी २० औँ स्थानमा छ ।

नेपालको टी–ट्वान्टी वरीयता भने यथावत् छ । टी–ट्वान्टीमा नेपाल १३ औं स्थानमा छ । एकदिवसीय वरीयतामा न्युजिल्याण्ड शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र अष्ट्रेलिया तेस्रो स्थानमा छ ।

यस्तै भारत चौंथो, दक्षिण अफ्रीका पाँचौं, बंगलादेश छैठौ, पाकिस्तान सातौ, श्रीलंका आठौँ, वेस्ट इन्डिज नवौँर अफगानिस्तान दशौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ०७:४७