नेपाली कांग्रेसले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय गरेको छ ।
केन्द्रीय समिति बैठक र शीर्ष नेताहरुको बैठकले स्थानीय आवश्यकता र परिस्थिति हेरेर तालमेल गर्ने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।
पार्टीको केन्द्रीय समिति बैठक र शीर्ष नेताको बैठकले गठबन्धनबारे नीतिगत निर्णयमात्र गरेको महतले बताए ।
‘स्थानीय परिस्थिति र आवश्यकता अनुसार गठबन्धनमा रहको दलहरुसँग दलहरुसँग तालमेल गर्ने नीतिगत निर्णय भयो । व्यवहारमा कसरी कार्यान्वयन कसरी गर्ने भन्ने सम्बन्धमा केन्द्रमा, प्रदेशमा र जिल्ला तहमा संयन्त्र बन्छ’ उनले भने ।
सत्यपाटी । काठमाडौँ ।