सूचनाको शक्ति - The Power Of Information

        

पछिल्लो २४ घण्टामा कोरोनाका ४२ जना नयाँ संक्रमित थपिए

मंगलबार नेपालमा कोरोनाका ४२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न जिल्लाका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ४७१ नमूना परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।

त्यसैगरी मंगलबार ८६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशैभर गरेर १ हजार १९८ जना संक्रिय संक्रमित रहेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार १७:३३