जमुनाहादेखि नेपालगञ्ज हुँदै कोहलपुरसम्मको अतिक्रमित सडक संरचना हटाउने विषयमा जिल्ला प्रशासन कार्यालय बाँकेमा मंगलवार सरोकारवाला निकायले ज्ञापन पत्र बुझाएका छन् ।
यसअघि बसेको सर्वदलीय बैठकले कारकाँदो चोकदेखि गणेश मान चोकसम्मलाई बिल्डप एरियामा २१ मिटर र अरु बाँकी सबैमा २५ मिटर कायम गर्ने निर्णय गरेको थियो ।
एउटै यरियामा पनि दुईवटा मापदण्ड राखिएको प्रति सरोकारवाला निकाय असन्तुष्ट भएर मंगलवार ज्ञापन पत्र बुझाएको सहभागी रमेश श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावत र नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरको उपस्थिती रहेको थियो ।
ज्ञापन पत्र बुझदै प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले केहि समयका लागि पर सार्ने मौखिक आश्वासन दिएको उनले जानकारी दिए ।
सत्यपाटी । बाँके ।