सूचनाको शक्ति - The Power Of Information

        

भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजु पक्राउ

बझाङमा भाइबुहारीलाई बलात्कार गरेको आरोपमा जेठाजुलाई बझाङ प्रहरीले पक्राउ गरेको छ ।

२२ वर्षीया भाइबुहारीलार्ई बलात्कार गरेको आरोपमा ४२ वर्षीय जेठाजुुलाई प्रहरीले नियन्त्रणमा लिई आइतबार पिडित युवतीले मुद्धा दर्ता गराएको हो ।

गोपनियताका कारण जेठाजु र बुहारी दुबैको नाम भने प्रहरीले गोप्य राखेको छ । चैत्र १२ गते बेलुकी युवतीको कोठा भित्र प्रवेश गरी हात र मुख च्यापी जवरजस्ती करणी गरेको भन्ने पीडितले चैत १३ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ ।

उजुरी पश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितको खोजी गर्दा देउरा बजारमा घुमफिर गरिरहेको अवस्थामा केदारस्युँ गाउँपालिका – १ देउरा बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले बताउनुभयो ।

पिडितको १३ गते नै स्वास्थ परीक्षण गरी युवतीलाइ हिंसा प्रभावितको क्षेत्रमा काम गरिराखेको महिला सुरक्षित आवास गृह सेभ हाउसमा जिम्मा लगाइ आरोपीविरुद्ध मुद्धा चलाएको छ ।

भाइबुहारी बलात्कारको आरोप लागेका जेठाजुलाई नियन्त्रणमा लिइ जबरजस्ती करणीअन्तर्गत मुद्धा चलाई जिल्ला अदालत बझाङले सोमबार ३ दिनको म्याद थप गरेको र थप अनुसन्धान भइरहेको समेत डिएसपी विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलवार ०८:३९