सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजार आज पनि दोहोरो अङ्कले घट्यो, साढे २ अर्ब रुपैयाँको कारोबार

शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । हिजो आइतवार ४१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज साेमवार २९ दशमलव ९८ अङ्कले घटेर दुई हजार पाँच सय ४२ दशमलव २८ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेको दिन विकास बैंक, व्यापार, बीमा र उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय ३१ कम्पनीका ४९ लाख ५८ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड ५३ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै जीवन विकास लघुवित्तको २२ करोड २४ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज आईसीएफसी फाइनान्सको शेयर झन्डै पाँच प्रतिशत र सानिमा लाइफ इन्सुरेन्सको शेयर साढे चार प्रतिशतले घटेको छ । समग्र बजार घट्दा पनि राष्ट्रउत्थान लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १८:०३