सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । बाँकेमा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार नेपालगञ्ज कोहलपुर सडक खण्डको कोठारपुरमा भे १० प ४७ ३० र भे ५ प ४४४० नम्बरको मोटरसाइक आपसमा ठोक्किँदा भारत घर भएका छत्तिस दुबेको मृत्यु भएको हो ।

दुबे भे १० ४७३० नम्बरको मोटरसाइकलमा सवार थिए । दुर्घटनामा गम्भीर घाइते भएका दुबेलाई तत्काल कोहलपुर मेडिकल कलेज लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

यस्तै सरिया र सिमेन्ट बोकेको ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । कोहलपुरबाट सुर्खेततर्फ जाँदै गरेको ट्रक सोमवार विहान दुर्घटना भएको हो ।

रत्न राजमार्गको चिसापनी–बबइ खण्डको बाँसगढी नगरपालिका–१ बर्दियाको उन्नती खोलामा लु २ ख ८८३ नम्बरको ट्रक सडकबाट अन्दाजी ६० मिटर तल खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रहरी हवल्दार कृष्ण डाँगीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर सूर्यगढी गाउँपालिका–१ नुवाकोटका ३६ वर्षीय सोम तामाङको मृत्यु भएको हो । दुर्घटनामा ओमसतिया गाउँपालिका–५ रूपन्देहीका २२ वर्षीय अनिल हरिजन घाइते छन् । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको डाँगीले बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १७:५४