सूचनाको शक्ति - The Power Of Information

        

नेपालगञ्जको एक मेडिकलमाथि कारबाही

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ स्थित मेडिकल कलेज नजिकै सञ्चालित एक औषधी पसललाई कारबाही गरिएको छ ।

बजार अनुगमनलाई तिब्रता दिँदै आएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जले अनुचित ब्यापारिक क्रियाक्लाप गरेको भन्दै औषधी पसलालाई २० हजार जरिवाना गरेको हो ।

नेपालमा दर्ता नरहेको औषधि बेचबिखन गरेको र खरिद बिल नदेखाएको हुँदा तत्काल २० हजार रुपैयाँ जरिवाना गरिएको र थप अनुसन्धान तथा कारबाहीको प्रक्रिया औषधि व्यवस्था विभाग नेपालगञ्जबाट अघि बढ्ने बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय नेपालगञ्जका सूचना अधिकारी देवीलाल चौलागाईंले जानकारी दिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १७:५०