सूचनाको शक्ति - The Power Of Information

        

शैक्षिक समृद्धि

नरैनापुर साक्षर गाउँपालिका घोषणा

साक्षर घोषणा गर्ने छैटौं स्थानीय तह

बाँकेको नरैनापुर साक्षर गाउँपालिका घोषणा भएको छ।

आज विशेष कार्यक्रमको आयोजना गरेर नरैनापुरलाई साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका प्रमूख प्रशासकीय अधिकृत भरत बस्नेतले जानकारी दिए ।

No description available.

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाकेका संयोजक अजय श्रीवास्तवले नरैनापुर गाउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहलाई साक्षर घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै साक्षर भएको घोषणा गर्नुभएको हो ।

No description available.
त्यसैगरी, अतिथीहरु शिक्षा बिकाश तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादव, वडा नम्बर १ का अध्यक्ष मोल्हे बेहना, २ का मसुद अहमद शाह, ३ का राजकुमार मौर्य, ४ का दिनेशप्रसाद शर्मा, ५ का कृष्णचन्द्र मौर्य ६ का बिरेन्द्र पाल सिंह, नेकपा एमालेका गाउपालिका अध्यक्ष सोहनलाल यादव लगायत रहनुभएको थियो ।

No description available.
बाँकेमा स्थानीय तहहरुमा नरैनापुर साक्षर घोषणा गर्ने छैटौं स्थानीय तह हो । बाँकेका आठ वटा स्थानीय तहमध्ये पाँच वटा यसअघि साक्षर घोषणा भैसकेका छन् । कोहलपुर, खजुरा, जानकी, राप्तीसोनारी, बैजनाथ गाउँपालिका साक्षर घोषणा भैसकेका छन् ।

No description available.

No description available.

यसअघि, गाउँपालिकालाई साक्षर बनाउन लागि गाउँपालिकाले ६ वटै वडामा विशेष साक्षर कक्षा सञ्चालन गरेको थियो ।

नरैनापुरमा ९ हजार ५१८ जना निरक्षरका लागि साक्षरता कक्षा सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्णकुमार थारुले जानकारी दिनुभयाे । गत पुसमै साक्षर गाउँपालिका घोषणा गर्ने तयारी भए पनि प्राविधिक कारणले केही ढिलाइ भएको शिक्षा शाखा प्रमुख थारुले जानकारी दिए ।

No description available.

साक्षर घोषणा गर्ने स्थानीय तहलाई सरकारले पुरस्कृतसमेत गर्दै आएको छ । साक्षर गाउँपालिका घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनुपर्छ ।

बाँकेमा नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मात्रै साक्षर घोषणा हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार १६:०४