पाकिस्तानका प्रधानमन्त्री इमरान खान विरुद्ध प्रदर्शन भइरहेकाे छ ।
विपक्षी पार्टीका नेता कार्यकर्ता तथा अधिकारकर्मीले प्रधानमन्त्री खानविरुद्ध विरोध प्रदर्शन गरेका अलजजिराले जनाएको छ । प्रधानमन्त्री खान नेतृत्वको सरकार अहिले आर्थिक सङ्कटबाट गुज्रिरहेको छ भने खानमाथि भ्रष्टाचारको आरोप समेत लागेको छ ।
गएको ८ तारिखमा विपक्षी दलले खान विरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका थिए । खानलाई विश्वासको मत जित्न कठिन रहेको खबरमा उल्लेख गरिएको छ ।
यसैबीच, प्रधानमन्त्री इमरान खानले आफू विरुद्ध षड्यन्त्र भइरहेको भन्दै राजीनामा नदिने बताउनु भएको छ ।
एक खास समूह विगत ३० वर्षदेखि पाकिस्तान विरुद्ध सक्रिय रहेको र त्यही समूहले अहिले जनप्रतिनिधिलाई खरिद गर्न खोजेको उहाँको आरोप छ ।
सत्यपाटी । काठमाडौँ ।