सूचनाको शक्ति - The Power Of Information

        

सलमान र शाहरुख सँगै देखिदै

भारतीय फिल्म टाईगर –३ मा सलमान खान र शाहरुख खान सँगै देखिने भएका छन् ।

पछिल्लो समय दक्षिण भारतीय फिल्महरुको लोकप्रियता बढिरहेका बेला बलिउडमा सलमान र शाहरुख अभिनित फिल्म दर्शकहरुमाझ आउन लागेका छन् ।

ती हुन्– शाहरुख खानको फिल्म ‘पठान’ र सलमान खानको फिल्म ‘टाइगर –३ । टाईगर –३ को सुटिङ आगामी जुन महिनादेखि सुरु हनेछ । जसमा दुइजना खानको अभिनय रहनेछ ।

पठानमा पनि दुबै जनाको अभिनय देख्न पाइने भारतीय संचारमाध्यमले जनाएका छन् । यी दुबै अभिनेतालाई एउटै पर्दामा हेर्न उनीहरुका प्रसंशक निकै उत्साहित भएर पर्खिरहेका छन् ।

हालसलै शाहरुखले फिल्म ‘पठान’ को आफ्नो फस्ट लुक सामाजिक सञ्जाल मार्फत सेयर गरेका छन् । हाल शाहरुख स्पेनमा ‘पठान’ को सुटिङका लागि व्यस्त छन् ।

उनी मार्च को अन्त्यमा मुम्बई आउनेछन् । त्सस्तै सलमान साजिद नाडियावालाको फिल्म ‘कभि ईद कभि दिवाली’ मा व्यस्त छन् ।

ठुलो लगानीमा बनेको पठान र टाइगर–३ दुबै एक्सन फिल्म हुन् । सलमान र शाहरुख दुबै व्यक्तिगत र व्यवसायिक जीवनमा एक आर्काका सुख दुःखका साथी हुन् ।

केहि बर्ष अघि सलमानको पूर्व पे्रमिकाका कारण लामो समय सम्म टाढा रहि बोलचाल समेत बन्द गरेका उनीहरू अब एउटै पर्दामा देखिने भएका हुन्।

उनीहरू दुबैले करण अर्जुन, कुछ कुछ होता है र हम तुम्हारे हैं सनम जस्ता फिल्महरूमा सँगै काम गरिसकेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार १८:४३