वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले बाँके र बर्दियाका १६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको छ । निर्वाचन आयोगले बाँकेका ८ र बर्दियाका ८ स्थानीय तह गरी १६ स्थानीय तहमा निर्वाचन अधिकृत तोकेको हो ।
आयोगले बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा जिल्ला अदालत बाँकेका जिल्ला न्यायाधिस खडानन्द तिवारी र कोहलपुर नगरपालिकामा जिल्ला अदालत बाँकेका स्रेष्तेदार तिर्थराज भट्टलाई निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले खजुरा गाउँपालिकामा जिल्ला समन्वय समिति बाँकेका जिल्ला समन्वय अधिकारी लोकबहादुर सुनारलाई निर्वाचन अधिकृत तोकेको छ भने जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायाधिवक्ता बासुदेव शर्मालाई जानकी गाउँपालिकामा खटाएको छ ।
त्यस्तै आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता नविनकुमार भट्टलाई डुडुवा गाउँपालिका, बाँकेका सहायक प्रमूख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीलाई राप्तीसोनारी गाउँपालिकामा निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै निर्वाचन आयोगले उच्च सरकारी वकिल कार्यालय नेपालगन्जका उपन्यायाधिवक्ता टेकबहादुर थापालाई बैजनाथ गाउँपालिका, महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता रेशम आचार्यलाई नरैनापुर गाउँपालिकामा खटाएको छ ।
निर्वाचन आयोगले बर्दियाको गुलरिया नगरपालिकामा जिल्ला अदालत बर्दियाका जिल्ला न्यायाधिस लोकजङ्ग शाहलाई खटाएको छ भने जिल्ला अदालतकै श्रेस्तेदार निलकण्ठ बराललाई मधुवन नगरपालिकामा निर्वाचन अधिकृत तोकेको छ ।
त्यस्तै घोराही उपमहानगरपालिका दाङका उपसचिव बिनोद गौतमलाई बढैयाताल गाउँपालिका र भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयका उपसचिव कृष्णप्रसाद चापागाईलाई बारबर्दिया नगरपालिकामा निर्वाचन अधिकृत तोकेको छ ।
जिल्ला सरकारी वकिल कार्यालय बर्दियाका जिल्ला न्यायाधिवक्ता ऋषिकेशव बस्याललाई बाँसगढी नगरपालिकामा खटाएको छ भने विशेष सरकारी वकिल कार्यालयका उपन्यायाधिवक्ता दशरथ गौतमलाई राजापुर नगरपालिकामा खटाएको छ ।
त्यस्तै महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुशील देवकोटालाई गेरुवा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रेमप्रसाद देवकोटालाई ठाकुरबाबा नगरपालिकामा निर्वाचन अधिकृत तोकेको छ ।
सत्यपाटी । बाँके ।