सूचनाको शक्ति - The Power Of Information

        

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

दिल्ली क्यापिटल्स र मुम्बई दिउँसो पौने चार बजे र पञ्जाब किङ्ग्स र रोयल च्यालेञ्जर्स बेङ्ग्लोर बेलुका पौने आठ बजे खेल्दैछन्।

हिजो भएको उद्घाटन खेलमा चेन्नई सुपर किङ्ग्सलाई हराउँदै कोलकाता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ। कोलकाताले चेन्नईलाई ६ विकेटले हरायो ।

यस पटकको आईपीएलमा १० टोली सहभागी छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:४१