सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आइतबार पनि बस्दैछ ।

शुक्रबारदेखि कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको थियो ।

आइतबार दिउँसो १ बजेदेखि बैठक पार्टी कार्यालय सानेपामा सुरु हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति बनाउन कांग्रेसको बैठक बसेको हो ।

शुक्रवारको बैठकमा २० केन्द्रीय प्रतिनिधि, सुदूरपश्चिमबाहेक ६ प्रदेशका सभापति, गण्डकी प्रदेशका मुख्यमन्त्रीलगायतले धारणा राखेका थिए ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:२१