सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा म्यादी प्रहरीका लागि १ हजार ६ सयले दिए आवेदन

बझाङमा म्यादी प्रहरीमा भर्ना हुनका लागि १ हजार ६ सय जनाले आवेदन दिएका छन् ।

चैत्र ११ गतेसम्म तोकिएको भर्ना समयमा ३२६ जना महिला र १ हजार ३३० जना पुरुषले म्यादी प्रहरीमा भर्ना हुनका लागि आवेदन दिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञान बहादुर विष्टले जानकारी दिनुभयो ।

जिल्लामा आवेदन दिएका मध्येबाट एक हजार ९३ जना छनौट भएको छ । आवेदन भरेकाहरुलाई चैत १३ गते सम्पर्क मिति तोकिएको छ भने चैत्र १५ गते बाट छनोट प्रक्रिया सुरु हुने छ ।

स्थानीय तहको निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना हुन चाहनेका लागि चैत्र ११ गतेसम्मको म्याद राखिएको थियो । छनौट भएकाहरुलाई एक हप्ताको तालिम दिएर चुनावी सुरक्षाका लागि खटाइने डिएसपी विष्टको भनाई छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:०६