सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन–२०७९

निर्वाचन आयोगले तोक्यो ६७६ निर्वाचन अधिकृत (नामावलीसहित)

स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

२०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुनेगरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ ।

नियुक्त भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले गोरखापत्रमा आज प्रकाशित सूचनालाई आधार मानी तोकिएको स्थानमा हुने निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रममा अनिवार्य सहभागी हुन आयोगले निर्देशन समेत दिएको छ ।

निर्वाचन अधिकृतको नामावली हेर्नुहोस् :

 

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतवार ०९:०१