भारतको केन्द्रिय उपभोक्ता संरक्षण प्राधिकरण (सीसीपीए)ले भ्रामक विज्ञापन गरेका कारण ‘सेन्सोडाइन’ टूथपेस्टका उत्पादकलाई दस लाख भारू (१६ लाख नेपाली रूपैयाँ) जरिवाना गराएको छ । इंडियन एक्सप्रेसमा प्रकाशित एक रिपोर्टका अनुसार, सीसीपीएले सात दिन भीत्र ती सबै भ्रामक विज्ञापन हटाउन निर्देशन पनि दिएको छ ।
मंगलवार जारी गरिएको आधिकारिक विज्ञप्तीमा सेन्सोडाइनको ‘दुनियाभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’को दाबी गरिएका विज्ञापनलाई सात दिनभित्र हटाउन भनिएको छ । यसका साथै १६ लाख जरिवाना तिर्न निर्देशन पनि दिएको छ ।
यसबाहेक सेन्सोडाइन टूथपेस्टकै विदेशी दन्त चिकित्सकहरूद्वारा सिफारिस गरिएको भनेर देखाउने विज्ञापनलाई पनि सीसीपीएले नै यस अघिकै आदेश अनुसार बन्द गर्न भनिएको थियो । निधि खरे अध्यक्ष रहेको सीसीपीएले हालै सेन्सोडाइन उत्पादनका भ्रामक विज्ञापनका विरुद्ध आदेश पारित गरेको हो ।
यी विज्ञापनमा यो टूथपेस्टलाई ‘दुनियाभरका दन्त चिकित्सकहरूद्वारा रेकमेन्डेड’ र ‘दुनियाको नम्बर एक सेन्सेटिविटी टूथपेस्ट’ भनेर दाबी गरिदै आएको छ र नेपालमा पनि यो विज्ञापन सबैजसो टिभि च्यानलबाट देखाउने गरिएको छ । यसैगरी नेपालका रेडियो तथा छापाहरूमा पनि यो भ्रामक विज्ञापन प्रचारप्रसार हुँदै आएको छ ।
यसअघि सन् २०२२ को फेब्रुअरी महिनामा सीसीपीएले नै एउटा आदेश दिएर सेन्सोडाइनको ‘देश बाहिरका एक दन्त चिकित्सक यो टूथपेस्ट प्रयोग गर्ने सल्लाह दिन्छन्,’ भन्ने विज्ञापन बन्द गर्न निर्देशन दिएको थियो । सीसीपीएले टेलिभिजन, यूट्यूब, फेसबुक र ट्विटर लगायतका सबै माध्यमबाट सेन्सोडाइन उत्पादनसम्बन्धी यी विज्ञापनका विरूद्ध स्वतः कार्रवाई शुरू गरेको जनाएको छ ।
यी विज्ञापनमा विदेश (ब्रिटेन)मा अभ्यासरत चिकित्सकले सेन्सेटिविटीबाट दाँतलाई बचाउनका लागि ‘सेन्सोडाइन रैपिड रिलीफ’ र ‘सेन्सोडाइन फ्रेश जेल’ नामका सेन्सोडाइनका उत्पादन प्रयोग गर्ने सल्लाह दिएको देखाइएको छ ।
सत्यपाटी । नयाँ दिल्ली ।