सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय निर्वाचन : भोली मतदाताको अन्तिम नामावली सार्वजनिक

निर्वाचन आयोगले मतदाता नामावली आउँदो आइतबार सार्वजनिक गर्ने भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार सोही अनुसार तयारी भइरहेको छ । ‘मतदाताको अन्तिम नामावली चैत १३ गते टुंगिन्छ,’ उनले भने ।

यसैबीच आयोगले स्थानीय तहको निर्वाचनको मतपत्र जनक शिक्षा सामग्री लिमिटेडबाट छपाइ गर्ने निर्णय गरेको छ ।

शुक्रबारको बैठकले शिक्षा सामग्रीलाई छाप्ने मेसिन लगायतका साधन चुस्त दुरुस्त राख्न निर्देशन पनि दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘यसअघि अनौपचारिक छलफल भइरहेको थियो । आज मतपत्र जनक शिक्षा सामग्रीबाट छाप्ने निर्णय गरेको छ । आवश्यक मेशिन, स्रोत साधान दुरुस्त राख्न निर्देशन दिने भन्ने भएको छ,’ उनले भने ।

उनकाअनुसार करिब २ करोड मतपत्र छाप्ने तयारी छ । यसअघि पनि जनक शिक्षाबाटै मतपत्र छाप्ने गरिएको थियो । स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते हुँदैछ ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार ०७:३७