सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने

काठमाडौँमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव’ हुने भएको छ ।

आयोजक संस्था डीएआर मुभिजले विज्ञप्ति जारी गर्दै टुँडिखेलमा चैत २५ देखि ३० सम्म राष्ट्रिय लोक दोहोरी महोत्सव हुने जानकारी दिएको हो ।

नेपाली कला, संस्कृति तथा लोकगीतको पहिचान तथा प्रवर्द्धनका लागि महोत्सव गर्न लागेको पनि आयोजकले जनाएको छ ।

‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ (प्रतियोगितासहितको सांस्कृतिक मौलिक मेला) लाई दश लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने आयोजकको विश्वास छ ।

कार्यक्रमहरू दर्शकले निःशुल्क अवलोकन गर्न पाउने छन् ।

सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गीतका प्रतिष्ठित कलाकारहरूको सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५ लाख, दोश्रो हुनेले ३ लाख, तेस्रो हुनेले २ लाखसँगै मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार १७:०५