अभिनेता सलमान खानलाई पत्रकारमाथि कुटपिट गरेको आरोपमा अदालतले अप्रिल ५ अप्रिलमा अदालतमा उपस्थित हुन आदेश दिएको छ।
सलमानविरुद्ध मुम्बईको अँधेरी कोर्टले ३ वर्ष पुरानो मुद्दामा बडिगार्डसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो।
अशोक श्यामलाल पाण्डे नामका पत्रकारमाथि कुटपिट गरेको आरोप लागेका सलमानसँगै उनका बडिगार्डलाईसमेत अदालतले पेश हुन आदेश दिएको हो।
तीन वर्ष पहिले पत्रकार अशोक पाण्डेले सलमानले साइकल चलाउँदै गरेको भिडियो खिचेको बेला सलमान र उनका बडिगार्डले अशोकमाथि दुर्व्यवहार गरेका थिए।
भिडिओ खिचेका पत्रकारको फोनसमेत खोसेका थिए। त्यसपछि अशोकले सलमानविरूद्ध उजुरी गरेका थिए।
उक्त उजुरीमाथि कारवाही गर्दै अदलातले उपस्थित हुन आदेश दिएको हो।
सत्यपाटी । काठमाडौँ ।