सूचनाको शक्ति - The Power Of Information

        

ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका २ वर्षीय बालकको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्रयाक्टरको ठक्करबाट घर अगाडि खेल्दै गरेका एक बालकको मृत्यु भएको छ ।

प्रदेश २–०३–००१ त २४३९ नम्बरको ट्रयाक्टरले घर अगाडि खेल्ने क्रममा स्थानीय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साहलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो ।

ठक्कर पश्चात ट्रयाक्टर चालक फरार रहेकाले खोजी भईरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार ०८:४१