सूचनाको शक्ति - The Power Of Information

        

एमालेको चुनावी घोषणा पत्र बनाउने कार्यदलमा को-को छन्?

नेकपा एमालेले स्थानीय चुनावका लागि घोषणापत्र बनाउन कार्यदल गठन गरेको छ।

उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा रहेको कार्यदललाई चैत मसान्तभित्र घोषणापत्रको मस्यौदा पेश गर्न केन्द्रीय कमिटीले निर्देशन दिएको छ।

कार्यदलमा युवराज ज्ञवाली, प्रदीप ज्ञवाली, विष्णु रिमाल, देवेन्द्र दाहाल, मनोजजंग थापा, प्रभु साह, युवराज खतिवडा, प्रभा बराल, दिनेशचन्द्र देवकोटा, सुशील ज्ञवाली घोषणा पत्र मस्यौदा कार्यदलमा छन्।

एमालेले वैशाख ९ मा चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। ‘केन्द्रमा चुनावी घोषणा पत्र र ७५३ वटै तहमा पनि स्थानीय आवश्यकताअनुसार प्रतिवद्धतापत्र सार्वजनिक गरिन्छ,’ केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिमालले भने।

यसैबीच अध्यक्ष केपी शर्मा ओलीले चैत १६ मा स्थानीय तहका प्रतिनिधिहरूसँग भर्चुअल संवादसमेत गर्ने भएका छन्।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १७:५५