सूचनाको शक्ति - The Power Of Information

        

मन्त्री आले भारत प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज बिहीवार दिउँसो भारतको एक दिने औपचारिक भ्रमणका लागि प्रस्थान गर्नुभएको छ ।

भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको कार्यक्रममा सहभागी हुन उहाँ आज त्यसतर्फ प्रस्थान गर्नुभएको मन्त्री आलेका प्रशासन सहायक भक्तबहादुर आलेले जानकारी दिनुभयो ।

भोलि उद्घाटन हुने कार्यक्रममा मन्त्री आलेले नेपालको पर्यटन प्रवद्र्धन थता नागरिक उड्डयनका क्षेत्रमा आफ्ना धारणा राख्नुहुने पर्यटन मन्त्रालयले जनाएको छ ।

मन्त्री आलेले धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलका रूपमा निर्माणका लागि प्रक्रिया सुरु भएकाले त्यस विमानस्थलको उड्डयनको क्षेत्रमा विकास गरी त्यहाँ बढीभन्दा बढी पर्यटक भित्र्याउन तथा भारतसँग सिमाना जोडिएका नेपालका विभिन्न विमानस्थलमा हवाई रुट खोल्नलगायत अन्य आवश्यक पर्ने सहयोगका लागि भारत सरकारसँग आग्रह गर्ने बताइएको छ ।

कार्यक्रम मार्च २४ देखि २७ सम्म भारतको हैदराबाद सहरमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १७:३४