नेपालगञ्ज विमानस्थल नजिकै प्लाष्टिकमा बेरेको अवस्थामा युवकको शव फेला परेको छ ।
नेपालगञ्ज उपमहानगरपालिका– २० राँझा, नेपालगञ्ज विमानस्थल परिसरको पूर्वी कम्पाउण्डबाहिर एक युवकको शव बिहीबार बिहान फेला परेको हो ।
सुर्खेतका ३० वर्षीय बालकृष्ण ओलीको प्लाष्टिकले बेरेको अवस्थामा शव फेला परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सत्यपाटी । बाँके ।