सूचनाको शक्ति - The Power Of Information

        

यू–१८ महिला साफमा नेपाल जित विहीन

भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपाल जित विहीन बनेको छ ।

जमसेदपुरमा बुधबार भएको खेलमा बंगलादेशसँग २–१ गोल अन्तरले पराजित हुँदै नेपाल जित विहीन बनेको हो ।

बंगलादेशको जितमा शाहदा अक्तर रिपा र शामसुन्नाहरले एक एक गोल गरिन् । नेपालका अमिशा कार्कीले पहिलो गोल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

खेलको चौंथो मिनेटमा अमिशाले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएकी थिइन् । तर, ६८ औं मिनेटमा बंगलादेशकी शामसुन्नाहरले गोल गर्दै खेललाई बराबरीमा ल्याईन् । त्यसपछि ८४ औं मिनेटमा शाहदाले गोल गर्दै बंगलादेशलाई २–१ले विजयी गराइन् ।

यो हारसँगै नेपालले प्रतियोगिता सबै चार खेलमा अंक जोड्न सकेन । बंगलादेशले भने ३ खेलबाट ६ अंक जोडेको छ ।

अब बंगलादेशले अन्तिम खेलमा भारतको सामना गर्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार ०९:०७