सूचनाको शक्ति - The Power Of Information

        

एमाले केन्द्रीय कमिटी बैठक

अध्यक्ष ओलीको प्रतिवेदनमाथि केन्द्रीय सदस्यले लिखित राय दिनुपर्ने

१५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबारको केन्द्रीय कमिटी बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले लिखित राय दिने भएका छन् ।

ओलीको प्रतिवेदनमाथि सदस्यहरुले बैठकमा धारणा राख्न पाउने छैनन्, प्रतिवेदनमाथि टिप्पणी गर्न चाहने केन्द्रीय सदस्यले लिखित राय दिनुपर्नेछ ।

एमाले उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रतिवेदनमाथि लामो छलफल नहुने र लिखित राय लिइने बताए । बुधबारको बैठकमा अध्यक्ष ओलीले १५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १८:०२