सूचनाको शक्ति - The Power Of Information

        

कास्की अदालतमा तोडफोड, मिसिल चोरी भएको आशङ्का

कास्की जिल्ला अदालतमा हिजाे मङ्गलवार राति तोडफोड भएको छ ।

अदालतको ६ नम्बर इजलासको ढोका फोडिएको हो । मिसिल रहेको दराजको ढोका खुलेको अवस्थामा भेटिएको अदालतका सूचना अधिकारी निल पनेरुले जानकारी दिनुभयाे । घटनाबारे अनुसन्धान सुरु भएको छ ।

बिहान सफा गर्ने बेलामा कर्मचारीले थाहा पाएछन्, पनेरुले भन्नुभयाे, नयाँ भवन भएकोले सीसीटीभी क्यामेरा राखिएको छैन । घटना कसरी भयो भन्ने यसै भन्न सक्ने अवस्था छैन ।

प्रहरीले मुचुल्का गरेर फर्किएको छ । प्रमाण मिसिस चोरी भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । यसबारेमा कर्मचारीले छानबिन गरिरहेका छन् ।

तोडफोडमा प्रयोग भएको फलामको रड फेला परेको प्रहरीले जनाएको छ । त्यही रडकाे फिङ्गर प्रिन्ट हेरेर अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १७:२३