सूचनाको शक्ति - The Power Of Information

        

मदिरा सेवनबाट एक जनाको मृत्यु

बझाङमा लिची नामक मदिरा सेवन गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको भजनी नगरपालिकाका ४० बर्षिया रामबहादुर चौधरी रहेका छन् ।

मंगलबार साँझ साथीहरुसँग बसेर लिची नामक महिरा सेवन गरेर सुतेका चौधरी विहान अबेरसम्म नउठेपछि उनीसँगै काम गर्दै आएका किरन चौधरीले प्रहरीलाई खबर गरेका थिए ।

बझाङको जयपृथ्वी नगरपालिका १० चौगाई टोलमा बस्दै आएका चौधरी १ महिनादेखि सदरमुकाम चैनपुरमा लेबरको काम गर्दै आएको बुझिएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा डिएसपी ज्ञानबहादुर विष्टले बताए ।

चौधरीको पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिमखेत लिने तयारी रहेको समेत डिएसपी विष्टले बताए । मदिरा बढी सेवन गरेकाले मृत्यु भएको हुन सक्ने प्रहरी आशंका गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार १३:०५