सूचनाको शक्ति - The Power Of Information

        

चीनको दुर्घटनाग्रस्त विमानमा सवार सबै यात्रुको मृत्यु भएको पुष्टि

गत सोमबार दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न फ्लाइटको बोइङ ७३७–८०० विमानमा सवार कोही पनि यात्रु जिवित नरहेको उद्धारकर्मीहरुले पुष्टि गरेका छन ।

दक्षिणी चीनको पहाडमा दुर्घटनाग्रस्त भएको १३२ जना यात्रु सहितको विमानबाट अहिलेसम्म कोही पनि जिवित व्यक्ति फेला नपरेको उद्धारकर्ताहरूले बताएका हुन् ।

चाइना इस्टर्न फ्लाइटको एम.यु.५७३५ विमान गत सोमबार गुआङ्सी प्रान्तको पहाडमा ठोकिएर दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनाग्रस्त क्षेत्रको भूगोल अप्ठेरो भएका कारण उद्धारमा कठिनाई आएको हो ।

३ दिनसम्म पनि यात्रुहरुको बारेमा जानकारी नहुँदा यात्रु र चालक दलका परिवारमा अन्योल छाएको थियो ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार ०९:३१