माघ दोस्रो सातादेखि फैलिएको बर्डफ्लु संक्रमण देशभरका ११ जिल्लामा देखिएको छ ।
नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार मोरङबाट फैलिएको संक्रमण काठमाडौंसहित सुनसरी, उदयपुर, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, चितवन, कास्की, पर्सा र धनुषामा समेत फैलिइसकेको छ ।
हालसम्म ती जिल्लामा ६४ हजार ८ सय ७२ पन्छी, २७ हजार ३ सय ७१ गोटा अण्डा, १५ हजार ९४ किलो दाना र २२ किलो कखुराको मासु नष्ट गरिसकिएको छ ।
औषधि बाहेक चल्ला, मासु, अण्डा र दाना सबैमा आत्मनिर्भर घोषणा भइसकेको र जीडीपीमा साढे ४ प्रतिशत योगदान रहेको यस क्षेत्रमा बजेट अभावका कारण संक्रमण नियन्त्रण गर्न समस्या हुनु लाजमर्दो भएको नेपाल पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिनुभयो ।
सत्यपाटी । काठमाडौँ ।