सूचनाको शक्ति - The Power Of Information

        

महाधिवेशनअघि नै प्याब्सन अध्यक्ष निर्विराेध

निजी क्षेत्रबाट सञ्चालित बिद्यालयको संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) मा महाधिवेशन अघि नै अध्यक्ष निर्विरोध चयन भएका छन् ।

आगामी तीन वर्षे कार्यकालका लागि महाधिवेशन अगावै सहअध्यक्ष डिके ढुंगना अध्यक्षमा निर्विरोध भएका हुन् । अन्य पदाधिकारी, केन्द्रीय सदस्यलगायतको चयन गर्न आजबाट महाधिवेशन सुरु हुने भएको छ ।

काठमाडौंमा आजबाट सुरु हुने प्याब्सन १५ औँ राष्ट्रिय महाधिवेशनले अध्यक्षसहित निर्विराेध भएकासहित २७ पदाधिकारीसहित ६६ जनाको केन्द्रीय कार्यसमिति चयन गर्नेछ ।

महाधिवेशनमा २ हजार ३ सय प्रतिनिधिले सहभागिता जनाउँदै छन् ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार ०८:२९