सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा पनि बिभिन्न कार्यक्रमका साथ मनाइयो विश्व पानी दिवस

विश्व पानी दिवस नेपालगञ्जमा एक कार्यक्रम गरी मनाइएको छ ।

संघीय खानेपानी तथा ढल ब्यबस्थापन कार्यालय नेपालगञ्ज, क्षेत्रीय आयोजना ब्यबस्थापन कार्यालय नेपालगञ्ज र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाँकेको संयुक्त आयोजनामा मंगलवार एक कार्यक्रम गरी विश्व पानी दिबस मनाइएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख आतिथ्यता एवं कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख षडानन्द अधिकारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा इन्जिनियर रमेश थापा, केमिस्ट रबिकिरण आचार्य लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा डिभिजन प्रमुख तिलक न्यौपानेले बाँके र बर्दियामा सञ्चालन भएका खानेपानी योजना तथा प्रगतिबारे प्रकाश पारेका थिए ।

कार्यक्रम संघीय आयोजनाका प्रमुख मनिष कुमार राजको अध्यक्षतामा सम्पन्न भएको असिस्टेन्ट केमिस्ट गोपाल रेग्मीले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार १८:००