सूचनाको शक्ति - The Power Of Information

        

माओवादीले जनकपुरमा आज प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै

स्थानीय तह निर्वाचनलाई लक्षित गरी सत्तारुढ नेकपा माओवादी केन्द्रले आज (मंगलबार) जनकपुरमा मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्दै छ ।

जनकपुरस्थित तिरहुतियामा आयोजना हुने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनकपुर जाने कार्यक्रम रहेको छ ।

जनकपुरधाममा पहिलो पटक प्रशिक्षण कार्यक्रम गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । कार्यक्रममा २ हजार ५ सय जना नेता–कार्यकर्ता सहभागी हुने माओवादी केन्द्रले जनाएको छ ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफ्नो जित गराउन भन्दै माओवादी केन्द्रले सातै प्रदेश र पार्टीगत थप तीन प्रदेश गरेर दशवटै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण सञ्चालन गरिरहेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ११:१६