सूचनाको शक्ति - The Power Of Information

        

मोरङको लेटाङमा आज पनि कर्फ्यू जारी

मोरङ जिल्लाकाे लेटाङमा आइतबार स्थानीयको आक्रमणमा परी महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्यू आज (मंगलबार) पनि जारी रहेको छ ।

लेटाङ नगरपालिका वडा नम्बर ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, वडा नम्बर ५ का सबै क्षेत्र, उत्तरमा वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यू लगाइएकोे छ ।

यौन दुव्र्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा २५ जना प्रहरी घाइते भएकाथिए ।

घाइते प्रहरीमध्ये प्रहरी जवान उर्मिला श्रेष्ठको उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा मृत्यु भएकोथियो । लेटाङको शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले अभद्र व्यवहार गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेकाथिए ।

घटनापछि प्रहरीले दोषी खोज्न अपरेशन अभियान तीब्र बनाएको छ । शंकास्पदा पाँच जनालाई नियन्त्रणमा समेत लिईसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०९:५७