सूचनाको शक्ति - The Power Of Information

        

रुस र युक्रेनबीचकाे युद्ध अपडेट

रुसकोे नियन्त्रणमा गएकोे खेरसोन शहरका सयौं सर्वसाधारणले रुसी सेना विरुद्ध प्रदर्शन गरेका छन् ।

सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुमाथि रुसी सेनाले अन्धाधुन्ध गोली प्रहार गर्नुका साथै ग्रिनेड समेत प्रहार गरेकाे छ ।

सोही क्रममा कयौंको हताहती भएको अनुमान गरिएतापनि मानवीय क्षतिबारे स्पष्ट पारिएको छैन । रुसी हमलामा प्रदर्शनकारीहरुबीच भागदौड मच्चिएको थियो ।

रुसले सो शहरमाथि मार्चको पहिलो सातामा नै कब्जा जमाएको थियो । चारैतिरबाट घेरा हालिएको सो शहरका सर्वसाधारणले लगातार प्रदर्शन गर्दै आएका थिए ।

यसैबीच युक्रेनको राजधानी किभ कब्जा गर्ने उदेश्यका साथअघि बढिरहेको रुसी र युक्रेनी सेनाबीच किभ नजिकैको सीमामा भिषण संघर्ष जारी छ ।

यता किभको एक सपिङ मलमा गरेको रुसी आक्रमणमा ८ जनाको मृत्यु भएको छ। किभ नजिकको पोडिल्स्की जिल्लामा रहेको सपिङ सेन्टरमा गरेको मिसाइल हमलामा ८ जनाको मृत्यु भएको हो।

रुसले घेरा हालेको मारियाेपल शहरमा आत्मसमर्पण गर्न रुसले बारम्बार दिईरहेको दवावलाई युक्रेनले अस्वीकार गर्दै आएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०९:५५