सूचनाको शक्ति - The Power Of Information

        

पल्सर स्पोर्टस अवार्ड आज आयोजना हुँदै

नेपाल खेलकुद पत्रकार मञ्चको अयोजनामा आज (मंगलबार) पल्सर स्पोर्टस अवार्ड हुँदैछ ।

काठमाडौंको प्रज्ञा भवनमा आयोजना हुने १८औं संस्करणको स्पोर्टस अवार्डको सम्पूर्ण तयारी पूरा भएको नेपाल पत्रकार खेलकुद मञ्च एनएसजेएफले जनाएको छ । २०५२ साल भदौ २५ मा स्थापना भएको एनएसजेएफले २०५३ सालदेखि यो कार्यक्रम आयोजना गर्दै आएको छ ।

कोरोना महामारीका कारण निर्धारित समय भन्दा केही ढिला गरी हुन लागेको अवार्डलाई मञ्चले यस पटकको अवार्डलाई दशक अवार्डको रुपमा आयोजना गर्न लागको हो ।

आज (मंगलबार) दिउँसो ३ बजे सुरु हुने अवार्ड कार्यक्रम इमेज च्यानल एचडी लगायत विभिन्न टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गर्दैछ ।

अवार्डका लागि पिपुल्स च्वाइस विधाको विद्युतीय भुक्तानी माध्यमबाट गरिने मतदान साेमबार राती नै सकिएको आयोजकले जनाएको छ ।

यस पटकको पिपुल्स च्वाइसमा फुटबलकी एन्जिला सुब्बा, टेबल टेनिसबाट एलिना महर्जन, एथलेटिक्सबाट सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनबाट पिन्स्र दाहाल र क्रिकेटका कुशल भुर्तेल प्रतिस्पर्धामा छन् ।

पल्सर स्पोर्टस अवार्डमा पिपल्स च्वाइससंगै पारा एथलिट सम्मान, स्पेशल अवार्ड , लाइफ टाइम अचिभ्मेन्ट अवार्ड, टिम अफ द इयर र अन्तर्राष्ट्रिय खेल पत्रकार सम्मानको घोषणा गरिनेछ ।

अन्य विधामा बिजेतालाई जनही ५० हजार रुपैयाँ पुरस्कार दिईनेछ भने पुरुष, महिला, प्रशिक्षक, र पिपल्स च्वाइस विधाका बिजेताले पल्सर मोटरसाइकल पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०९:४४