सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकी डलरको मूल्य १२२ नाघ्यो : मंगलबारको विनिमय दर

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलरको मूल्य बढ्दोक्रममा छन्।

राष्ट्र बैंकका अनुसार सोमबार एक डलरको खरिद दर १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा रहेको अमेरिकी डलरहेको मूल्य थोरै बढेको छ।

मंगलबार अमेरिकी डलर एकको खरिदर १२१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिददर १३४ रुपैयाँ २५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९१ पैसा रहेको छ।

सँगै बेलायती पाउण्ड एकको खरिददर १५९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६० रुपैयाँ ४१ पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिददर ३३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

 

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलवार ०९:३४